Logo

एभरेष्ट बैंकले लगानीकर्तालाई साढे १५ प्रतिशत लाभांस दिने, यस्तो र बोनस र नगद सेयरको अनुपात

एभरेष्ट बैंकले लगानीकर्तालाई साढे १५ प्रतिशत लाभांस दिने, यस्तो र बोनस र नगद सेयरको अनुपात



काठमाडौं । एभरेष्ट बैंकले आफ्ना लगानीकर्ताहरुका लागि लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १५.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकले यो वर्ष १० प्रतिशत बोनस र ५.५३ प्रतिशत नगद (नगद र बोनस सेयरमा लाग्ने कर समेत) गरि उक्त १५.५३ प्रतिशत लाभांश दिने भएको हो ।

बैंकको शुक्रबार दिउँसो बसेको संचालक समितिको बैठकले सो निर्णय गरेको हो । अब उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि वितरण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL