Logo

कुमारी बैंकद्वारा तीजलाई लक्षित क्यासब्याक योजना, प्रत्येक दिन २५ सेवाग्राहीहले पाउने

कुमारी बैंकद्वारा तीजलाई लक्षित क्यासब्याक योजना, प्रत्येक दिन २५ सेवाग्राहीहले पाउने



काठमाडौं । कुमारी बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गर्दै आफ्नो बैंकमा रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला खातावालालाई लक्षित गरी तीजको स्वरुप क्यास ब्याक योजना संचालन गरेको छ ।

निरन्तर रुपमा सरल, सहज तथा नविनतम सेवा सुविधा दिदै आएको कुमारी बैंकले विदेशबाट रेमिट्यान्स प्राप्त हुने गरि खोलिएका महिला लाभग्राहीहरुका खाताहरुबाट डेबिट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत रकम भूक्तानी गर्दा तीजको शुभकामना स्वरुप यहि भाद्र २० देखि २६ गते सम्म प्रत्येक दिन २५ सेवाग्राहीहलाई १०० रूपैयाँको क्यास ब्याक योजना संचालनमा ल्याएको छ ।

यस योजनाबाट सेवाग्राहीरुको विद्यूतिय भूक्तानी प्रयोगमा टेवा पूग्ने विश्वास बैंकले लिएकोे छ । विगत २३ वर्ष देखि निरन्तर बितिय साक्षरता प्रर्वधन गर्दै बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१८ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL