काठमाडौं । महालक्ष्मी विकास बैंकले केबी चित्रकार एण्ड कम्पनी चार्टर्ड एकाउन्टेन्ट्ससँग सम्झौता गरेको छ । बैंकले नेपाल वित्तीय प्रतिवेदन मापदण्ड अनुरुप एनएफआरएस ९ मोडल कार्यान्वयनका लागि उक्त कम्पनीसँग एक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
उक्त समझदारीबाट बैंकको जोखिम व्यवस्थापनलाई अझ सुदृढ बनाउँदै थप सही र पारदर्शी वित्तीय प्रतिवेदन प्रस्तुत गर्न मद्धत पुग्ने विश्वास बैंकले लिएको छ ।
साथै यसको कार्यान्वयनबाट वित्तीय प्रतिवेदन मापदण्डहरु पुरा गर्न, सञ्चालन सक्षमता सुदृढ गर्न, नियामक निकायबाट जारी निर्देशनहरुको प्रभावकारी रुपमा कार्यान्वयन÷अनुपालन गर्न तथा वित्तीय अनुशासन तथा रिर्पोटिङ अभ्यासलाई अझ सुदृढ बनाउन मद्धत पुग्नेछ ।