Logo

एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत, पीसीआई-डीएसएस भी४ भर्सनमा स्तरोन्नति

एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत, पीसीआई-डीएसएस भी४ भर्सनमा स्तरोन्नति



काठमाडौं । एनआईसी एशिया बैंकको कार्ड प्रयोगकर्ताहरुको डाटा सुरक्षा अझ बढी मजबुत हुनेगरी डाटा भर्सनको स्तरोन्नती गरेको छ । बैंकले कार्डको डाटालाई अझ बढी सुरक्षित बनाउन पीसीआई–डीएसएस भी४ भर्सनमा स्तरोन्नती गरेको हो ।

बैंकले आफ्नै ईएफटी स्वीच सञ्चालन गरेको दोस्रो वर्षमै पीसीआई–डीएसएस भी३.२.१ भर्सनबाट पीसीआई–डीएसएस भी४ भर्सनमा स्तरोन्नति भएको छ । यस स्तरोन्नतिसँगै यस बैंकका कार्ड प्रयोगकर्ताको डाटा सुरक्षा अझ बढी बलियो बनेको छ ।

बैंकले सन् २०२३ देखिनै एटीएम र कार्डमा आधारित भुक्तानी प्रणाली आफ्नै ईएफटी स्वीच द्वारा संचालन गर्दै आएको छ । बैंकले भुक्तानी गर्नको लागि डेबिट र क्रेडिट छन् । जुन कार्डहरु नेपाल, भारत, र भुटानमा प्रयोग गर्न सकिन्छ तथा अन्य विदेशी भुक्तानीको लागि अमेरिकी डलर प्रिपेड कार्ड जारी गरेको छ ।

त्यसैगरी एटीएम, पीओएस तथ ईकमर्श जस्ता प्लेटफर्ममा भुक्तानी प्राप्तिको लागि भिजा माष्टर कार्ड , चाइना युनिय पे स्वीकार गर्दछ ।

यसै सन्दर्भमा बैंकले कार्ड प्रयोगकर्ताहरुको डाटाको पूर्ण सुरक्षा सुनिश्चिताको लागि प्रणालीगत र संस्थागत रुपमा आन्तरिक नियन्त्रण गर्न आवश्यक सुरक्षा डिजाइन र कार्यान्वयनमा विशेष ध्यान दिएको छ ।

आन्तरिक नियन्त्रणलाई दिगोपन कायम गर्न र स्वतन्त्र रुपमा मूल्यांकन गर्नका लागि बैंकले पानासेए इम्फोसलाई नियुक्त गरेको थियो । यसैको फलस्वरुप, आफ्नै ईएफटी स्वीचको शुरुवात गरेसँगै बैंकले पीसीआई–डीएसएस भी३.२.१ प्रमाणपत्र प्राप्त गर्न सफल भएको र यस स्वीच शुरुवात गरेको दोस्रो वर्षमै े पीसीआई–डीएसएस भी३.२.१ बाट भी४ भर्सनमा स्तररोन्नती भएको छ ।

यस पुनः प्रमाणिकरणले कार्ड प्रयोगकर्ताको डाटा सुरक्षामा बैंक निरन्तर प्रयास र प्रतिवद्धतालाई स्वतन्त्ररुपमा प्रमाणित गर्नुका साथै बैंकले आवश्यक सबै आन्तरिक नियन्त्रण प्रणालीलाई कार्यान्वयन गरेको सम्पूर्ण सरोकारवालाहरु समक्ष स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL