Logo

बैंकर्स संघको अध्यक्षमा अनिल शाह, उपाध्यक्षमा ज्ञानेन्द्र ढुङ्गाना चयन

बैंकर्स संघको अध्यक्षमा अनिल शाह, उपाध्यक्षमा ज्ञानेन्द्र ढुङ्गाना चयन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल बैंकर्स एसोसिएसन (एनबिए) को अध्यक्षमा अनिल शाह निर्विरोध निर्वाचित भएका छन्। यसअघि उपाध्यक्ष रहेका मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत निर्विरोध अध्यक्ष भएका हुन् ।

अध्यक्ष पदका लागि एक जनाको मात्र उमेदद्वारी परेको थियो । अध्यक्षको औपचारिक घोषणा भने बाँकी रहेको बैंकर्स संघका अध्यक्ष उपेन्द्र पौड्यालले बताए । भोलीको साधारणसभाले अध्यक्षको औपचारिक घोषणा गर्ने उनले जानकारी दिए । शाह हाल कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष छन्।

त्यस्तै उपाध्यक्ष पदमा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुङ्गाना चयन भएका छन् । संघको विधान अनुसार कार्यसमितिको कार्यकाल दुई बर्षको हुन्छ ।

शाह मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत भएपछि उनी सदस्य हुँदै फेरि वरिष्ठ उपाध्यक्ष भएका हुन्। हार्वर्ड विश्व विद्यालय अन्तर्गतको जोन एफ केनेडि स्कुल अफ गभर्मेन्टमा समेत अध्ययन गरेका शाहले एमबिए दिल्ली युनिभर्सिटीबाट गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्