Logo

कुमारीले पौने १४ करोड कमाउँदा हिमालयले कमायो पौने ४४ करोड, ब्याज आम्दानीमा बृद्धि

कुमारीले पौने १४ करोड कमाउँदा हिमालयले कमायो पौने ४४ करोड, ब्याज आम्दानीमा बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ३ महिनाको वित्तीय विवरण सार्वजनिक गर्दै कुमारी बैंकले १३ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १ सय ८२ प्रतिशतले बढी हो ।

बैंकले सो अवधिसम्ममा ४० अर्ब निक्षेप संकलन गरी ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । २ अर्ब ६९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको सो बैंकले ३ महिनामा ६७ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।

बैंकको प्रति सेयर आम्दानी ३१ रुपैंयाँ ४९ पैसा छ भने प्रति सेयर नेटवर्थ १ सय ५५ रुपैंयाँ ६४ पैसा रहेको छ ।
himalayan-bank-logo

यसैगरी हिमालयन बैंकले ४३ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा १० करोड रुपैयाँले बढी हो । ब्याज आम्दानीमा भएको बृद्धिसँगै बैंकको आम्दानी बढ्न गएको हो ।

चुक्ता पूँजी ४ अर्व ९६ करोड रहेको सो बैंकले हालसम्म ९३ अर्व रुपैयाँ निक्षेप संकलन गरी ७२ अर्व रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको प्रतिसेयर आम्दानी ३८ रुपैयाँ ९८ पैसा भने प्रतिसेयर नेटवर्थ २ सय १७ रुपैयाँ ३३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्