Logo

सिटिजन्स बैंक र सुबिसुबीच सम्झौता, बैंकका ग्राहकले इन्टरनेट जोड्दा छुट पाउने

सिटिजन्स बैंक र सुबिसुबीच सम्झौता, बैंकका ग्राहकले इन्टरनेट जोड्दा छुट पाउने



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सुबिसु केबल नेटबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका ग्राहकहरूलाई सुबिसु केबल नेटको सेवामा विशेष छुट दिने गरी समझदारीपत्रमा हस्ताक्षर भएका हो ।

सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले सुबिसु केबल नेटको नयाँ जडानमा विभिन्न आकर्षक छुट पाउनेछन् ।

ग्राहकहरूले ३०० एमबीपीएस ब्यान्डविथ क्षमता भएको इन्टरनेट जडानको क्रममा १५ प्रतिशत साथै २०० एमबीपीएस र ८० एमबीपीएस इन्टरनेट जडानको क्रममा ५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL