Logo

ऋणीले कर्जा तिर्ने क्रम बढ्यो, बैंकहरुको एनपीएल १ प्रतिशतमा झर्याे, कसको कति (सूचीसहित)

ऋणीले कर्जा तिर्ने क्रम बढ्यो, बैंकहरुको एनपीएल १ प्रतिशतमा झर्याे, कसको कति (सूचीसहित)



काठमाडौं । नेपालमा संचालित २० वाणिज्य बैंकहरुको खुद खराब कर्जा अनुपात (नेट एनपीएल) १ प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको खुद निष्क्रीय कर्जा (नेट एनपीएल)औसतमा १.०६ प्रतिशत रहेको छ ।

नेपाल राष्ट्र बैंकले गत आवको पुस मसान्तदेखि बैंकहरुको खुद खराव कर्जा (नेट एनपीएल) गणना गर्न सुरु गरेको थियो । त्यसबेला १.१३ प्रतिशत रहेको वाणिज्य बैंकहरुको नेट एनपीएल गत चैत मसान्तसम्म आउँदा बढेर १.१४ प्रतिशत पुगेको थियो ।
पछिल्ला ३ महिनामा मात्रै बैंकहरुले कर्जा असुलीमा कडाई गर्दा खुद एनपीएल घटेको देखिन्छ ।

खासगरी अर्थतन्त्र चलायमा भएसँगै ऋणीहरुले कर्जा भुक्तानीमा सक्रियता देखाएपछि बैंकहरुको खराव कर्जा अनुपात लगातार ओरालो लागिरहेको देखिन्छ । खासगरी ऋणीहरुले कर्जा बुझाएकै कारण बैंकहरुले खराबमा गनेका कर्जाहरु अब असलमा परिणत हुने क्रम बढेपछि यस्तो अनुपातमा गिरावट आएको नेपाल राष्ट्र बैंकका सह प्रवक्ता डिल्ली राम पोख्रेल बताउँछन् । उनका अनुसार खराव कर्जा अनुपात घट्नु भनेको ऋणीहरुले लोन तिर्न थाले भन्ने बुझीन्छ । यसले अर्थतन्त्र चलायमान हुँदा ऋणीहरुसँग कर्जा तिर्न सक्ने क्षमता वृद्धि भएको पनि देखाउने उनी बताउँछन् ।

तथ्यांकलाई आधार मान्दा गत आर्थिक बर्षको अन्त्यसम्ममा लक्ष्मी सनराइज बैंकको खुद खराव कर्जा अनुपात १.८७ प्रतिशत छ । यो अन्य वाणिज्य बैंकहरुको तुलनामा सबैभन्दा बढी हो ।

यस्तै यसै अवधिसम्म एनआइसी एशिया बैंकको १.७४, सिटिजन्स बैंकको १.५२, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई बैंकको समान १.५०, प्राइम कमर्सियल बैंकको १.३८ प्रतिशत, कृषि विकास बैंकको १.३२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको १.२० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको १.१० प्रतिशत र नबिल बैंकको १.०७ प्रतिशत खुद खराव कर्जा अनुपात रहेको छ ।

यस्तै यसै अवधिमा हिमालयन बैंकको ०.९७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ०.९१ प्रतिशत, एनएमबी बैंकको ०.७८ प्रतिशत, सिद्धार्थ बैंकको ०.७५ प्रतिशत, प्रभु बैंकको ०.६७ प्रतिशत, नेपाल बैंकको ०.५७ प्रतिशत र सानिमा बैंकको ०.५१ प्रतिशत खुद खराव कर्जा अनुपात रहेको छ । यस्तै यसै अवधिसम्म कुमारी बैंकको ०.४४ प्रतिशत, एभरेष्ट र नेपाल एसबीआइ बैंकको समान ०.२६ प्रतिशत खराव कर्जा अनुपात पुगेको देखिन्छ ।

यता बैंकहरुको खराव कर्जा अनुपात (एनपीएल) भने गत आवको अन्त्यसम्म ३.७६ प्रतिशत पुगेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL