काठमाडौं । स्ट्याण्डर्ड चाटर्ड बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासिकमा ३४ करोड ९४ लाख नाफा कमाएको छ । यो नाफा बैंकले गत आवको सोही अवधिको भन्दा सामान्य मात्र बढी हो । बैंकले गत आवको सोही अवधिमा ३४ करोड ५२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
स्ट्याण्र्ड चाटर्ड बैंकले वित्तीय विवरण सार्वजनिक गर्दा ५७ अर्ब ४१ करोड निक्षेप संकलन गरेरको छ भने सोही अवधिसम्ममा ३२ अर्ब ३९ करोड रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ । उक्त रकम परिचालन गर्दै बैैंकले ६३ करोड ब्याज आम्दानी गरेर विवरणमा उल्लेख छ ।
हाल बैंकको प्रति सेयर आम्दानी ४९ रुपैंयाँ ७० पैसा छ भने प्रति सेयर नेटवर्थ २ सय ८१ रुपैंयाँ ७१ पैसा रहेको छ ।