बिजखबर संवाददाता
२० पुस, काठमाडौं । प्रभु बैंक लिमिटेडले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आफ्नो सिम्बोल परिवर्तन गर्न निवेदन दिएको छ । बैंकले यसअघि नेप्सेमा ‘पीबीएल’को सिम्बोलबाट कारोवार गर्दै आएकोमा आगामी दिनमा ‘प्रभु’ (पीआरभीयु)कै सिम्बोलबाट कारोवार हुनेगरी परिवर्तन गरिदिन आग्रहको गरेको छ ।
उक्त सिम्बोल परिवर्त गर्नका लागि बैंकले आजैमात्र निवेदन दिएको नेप्सेले जनाएको छ ।