Logo

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता, निसानका गाडी किन्दा सस्तो ब्याजमा कर्जा पाईने

महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता, निसानका गाडी किन्दा सस्तो ब्याजमा कर्जा पाईने



काठमाडौं । महालक्ष्मी विकास बैंक र पायोनियर मोटो कर्पबीच सम्झौता भएको छ । निसान ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी पत्रमा बैंक र नेपालका लागि निसान गाडीको आयातकर्ता पायोनियर मोटो कर्प प्रालिबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार निसान ब्रान्डका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत, जुन कम हुन्छ, सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL