Logo

बीओकेएलको नाफामा ६० प्रतिशतले बृद्धि, ३ महिनामा कमायो २७ करोड

बीओकेएलको नाफामा ६० प्रतिशतले बृद्धि, ३ महिनामा कमायो २७ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बैंक अफ काठमान्डू लुम्बिनी (बीओकेएल) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १० करोड २२ लाख रुपैयाँ अर्थात ६० प्रतिशतले बढी हुन आउँछ ।

चुक्ता पूँजी ४ अर्ब ५७ करोड ६८ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २० करोड ६३ लाख रूपैैंयाँ छ । हालसम्म बैंकले ६९ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रथम त्रैमासको वित्तीय विवरण अनुसार बैंकको प्रतिसेयर आम्दानी २३ रूपैयाँ ६८ पैसा छ । यसैगरी प्रतिसेयर नेटवर्थ १ सय ९१ रुपैयाँ ९० पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL