Logo

एभरेस्टको नाफामा ४१ प्रतिशतले बृद्धि, ३ महिनामा कमायो ५१ करोड

एभरेस्टको नाफामा ४१ प्रतिशतले बृद्धि, ३ महिनामा कमायो ५१ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एभरेस्ट बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड ३४ लाख रुपैयाँ खुदनाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही आवधिमा ३६ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७४ करोड २६ लाख रुपैयाँ रहेको छ । तर जगेडा कोषमा भने ६ अर्ब ३८ करोड ३० लाख हजार रुपैयाँ छ । सो अवधिमा बैंकले ९१ करोड रूपैयाँभन्दा बढी खुद ब्याज आम्दानी गरेको हो । यो रकमा गत वर्षको तुलनामा २५ करोड रुपैयाँले बढी हुन आउँछ ।

हालसम्म बैंकले ८९ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब ५३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको खराव कर्जा भने कुल कर्जा प्रवाहको शुन्य दशमलव ३६ प्रतिशत रहेको छ । यसैगरी बैंकको प्रतिसेयर आम्दानी ७७ रुपैयाँ १३ पैसा र प्रतिसेयर नेटवर्थ ३ सय ३९ रुपैयाँ ७३ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्