Logo

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको स्टल, सवारी कर्जाबारे जानकारी लिन सकिने

नाडा अटो शोमा महालक्ष्मी विकास बैंकको स्टल, सवारी कर्जाबारे जानकारी लिन सकिने



काठमाडौं । काठमाण्डौं, भृकुटीमण्डपमा सञ्चालन भइरहेको १६ औं संस्करणको नाडा अटो शो २०२४ मा महालक्ष्मी विकास बैंकलेसमेत सहभागिता जनाएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा प्रत्येक वर्ष आयोजना हुँदै आएको अटो शोमा विकास बैंकहरुमा महालक्ष्मी विकास बैंकले एक मात्र विकास बैंकको रुपमा सहभागिता जनाएको हो ।

गाडी खरिद गर्दा आवश्यक पर्ने कर्जा सम्बन्धमा परामर्श दिने, सहजीकरण तथा समन्वय गर्ने कार्य बैंकले गर्नेछ । हाल विकास बैंकहरुमा सबै भन्दा सस्तो ब्याजदरमा सवारी कर्जा प्रदान गरिरहेको यस बैंकले ९.९९ प्रतिशतमै सवारी कर्जा प्रदान गर्नेछ । महालक्ष्मी विकास बैंक मार्फत सवारी कर्जा लिन चाहने ग्राहकहरुले स्टल न. इ३३ मा गई सम्पर्क गर्न सक्नेछन ।

प्रतिक्रिया दिनुहोस्
MBL