Logo

आईएमई बन्यो ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी’, रेमिटेन्सको संस्थागत विकासमा अझै जिम्मेवार बनाएको

आईएमई बन्यो ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी’, रेमिटेन्सको संस्थागत विकासमा अझै जिम्मेवार बनाएको


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आईएमई लिमिटेड ‘सर्वोत्कृष्ट रेमिटेन्स कम्पनी २०१६’ बाट सम्मानित भएको छ । अमेरिकाको क्यालिफोर्नियास्थित केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय परामर्शदाता संस्था फ्रोस्ट एण्डसुलिभानले आयोजना गरेको कार्यक्रममा आईएमई लिमिटेडका प्रवन्ध निर्देशक हेमराज ढकाल उक्त सम्मानबाट सम्मानित भएका हुन् ।

सम्मान ग्रहण कार्यक्रममा अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुखकार्यकारी अधिकृत सुमन पोखरेलको उपस्थिती रहेको थियो ।

‘विकास, अन्वेषण र नेतृत्व सम्मेलन–२०१६’ को समापनको अवसरमा गएको बुधबार काठमाडौंस्थित सोल्टी होटलमा आयोजित विशेष कार्यक्रममा उक्त सम्मान प्रदान गरिएको थियो ।

व्यावसायीक क्षेत्रको प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेवापत फ्रोस्र्टएण्ड सुलिभानले विश्वका उत्कृष्ट कम्पनी तथा व्यावसायीक फर्मलाई यस्तो सम्मानबाट सम्मानित गर्दै आएको छ ।

सम्मान ग्रहणपछि कार्यक्रमलाई सम्बोधनगर्दै प्रवन्धनिर्देशक ढकालले यो सम्मानबाट आईएमईलाई रेमिटेन्सको संस्थागत विकासमा अझै बढी जिम्मेवार बनाएको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्