Logo

अपर बलेफी ‘ए’ हाइड्रोमा ४ बैंकको लगानी, ग्लोबल आइएमई बैंकको नेतृत्व

अपर बलेफी ‘ए’ हाइड्रोमा ४ बैंकको लगानी, ग्लोबल आइएमई बैंकको नेतृत्व


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकसहित अन्य ४ वटा बैंकहरु र हुआनिङ्ग डेभलपमेन्ट प्रालिबीच अपर बलेफी ‘ए’ जलविद्युत्त आयोजना निर्माणका लागि सहवित्तियकरण ऋण सम्झौता सम्पन्न भएको छ ।

६ दशमलव ०८ अर्ब रहेको उक्त आयोजनाको कुल लागतमध्ये ४ दशमव३५ अर्ब रुपैयाँ बैंकहरुले ऋण प्रदान गर्नेछन् । ग्लोबल आइएमई बैंकको नेतृत्वमा सानीमा बैंक, एभरेष्ट बैंक, एस।वि।आई बैंक र एनआईडिसि विकास बैंकले उक्त आयोजनाको लागि ऋण प्रदान गर्न लागेको हो ।

काठमाडौंदेखि ९५ किमी टाढा सिन्धुपाल्चोक जिल्लाको गोल्छे र गुम्वा गाविसमा अवस्थित आयोजनाको पावर हाउस गोल्छे गाविसमा हुनेछ ।

आयोजना २०७५को माघसम्म निर्माण सम्पन्न गर्ने अपेक्षासहितसम्झौतामा हस्ताक्षर गरिएको हो ।
आयोजनाबाट उत्पादित ३६ मेगावाट विजुली लामोसाँघु सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने छ ।

प्रतिक्रिया दिनुहोस्