Logo

ग्लोबल आइएमई बैंक र के-ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ग्राहकलाई के–ल्याबका सेवामा २५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंक र के-ल्याबबीच सम्झौता, बैंकका ग्राहकलाई ग्राहकलाई के–ल्याबका सेवामा २५ प्रतिशत छुट



काठमडौं । ग्लोबल आइएमई बैंक र क्राउन ल्याबोरेटरी एण्ड रिफरल सेन्टर (केल्यब)बीच सम्झौता भएको छ । बैंकको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ प्रयोगकर्ताहरुलाई के–ल्याबमा ल्याब सम्बन्धी सेवाको शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी उक्त सम्झौताको समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका बागमती प्रदेश प्रमुख रुपेन्द्र वाग्ले र क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टरका प्रशासनिक निर्देशक कान्ती थापाले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार बैंकको ग्राहकहरुले क्राउन ल्याब्रोटोरी एण्ड रिफर्रल सेन्टर (के–ल्याब), नक्साल र बौद्धमा उपलब्ध ल्याबसम्बन्धी सेवा वापतको भुक्तानीको लागि बैंकको डेबिट तथा क्रेडिट कार्ड र मोबाईल बैंकिङ्ग प्रयोग गर्दा २५ प्रतिशत छुट पाउनेछन् ।

ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL