Logo

गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित

गरिमा विकास बैंक ‘द बेस्ट बैंक इन एसेट्स क्वालिटी’ अवार्डबाट सम्मानित



काठमाडौं । गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेट्स क्वालिटी अवार्डबाट सम्मानित भएको छ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इमर्जीङ एशिया बैंकिङ कन्क्लेभ तथा अवार्ड समारोहमा गरिमा विकास बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो । कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको छ ।

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्