Logo

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकका सेवामा विशेष छुट

कुमारी बैंक र दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता, बैंकका ग्राहकलाई क्लिनिकका सेवामा विशेष छुट



काठमाडौं । कुमारी बैंक र बाँसबारी, काठमाडौंस्थित दि ह्वाइट आर्क डेन्टल क्लिनिकबीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरीने विभिन्न सेवामा छुट दिनेगरी उक्त सम्झौता भएको हो ।

सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले सो क्लिनिकबाट सम्पूर्ण सेवाहरु लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्युआरबाट भुक्तानी गर्दा १५ प्रतशितसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस्तै कुमारी बैंकका ग्राहकहरुलाई उक्त क्लिनिकमा चिकित्सक सल्लाह शुल्क निशूल्क रुपमा उपलब्ध हुनेछ । उक्त सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्