काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न ५ रेमिट्यान्स कम्पनीको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको जानकारी दिएको छ । केन्द्रिय बैंकले शुक्रबार एक सूचना जारी गर्दै राम्रो रेमिट, ग्लोबल माउन्टेन रेमिट, संसार रेमिट, ललित मनी ट्रान्सफर र माक्स मनी ट्रान्सफरको लाइसेन्स स्वतः खारेज भएको बताएको हो ।
यी कम्पनीहरुको नेपाल राष्ट्र बैंक विप्रेषण विनियमावलील २०७९ अनुसार खारेज भएको हो । यस्तै राष्ट्र बैंकले उक्त विप्रेषण कम्पनीहरुसँग कोही कसैको लेनदेन वा हिसाव भए आगामी ३५ दिनभित्र राष्ट्र बैंकमा जानकारी दिन आग्रह गरेको छ ।