Logo

टाटाका गाडी किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने, ९.९९ प्रतिशत ब्याज

टाटाका गाडी किन्न महालक्ष्मी विकास बैंकले कर्जा दिने, ९.९९ प्रतिशत ब्याज



काठमाडौं । महालक्ष्मी विकास बैंक र नेपालका लागि टाटा गाडीको डिलर जे.बी अटोमोटिभ कम्पनी प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । बैंक मार्फत टाटा ब्रान्डका गाडी खरिदको लागि ९.९९ प्रतिशतमै कर्जा प्रदान गर्ने समझदारी भएको हो ।

सम्झौता अनुसार टाटाका गाडी खरिद गर्न इच्छुक ग्राहकहरुले महालक्ष्मी विकास बैंकमा ९.९९ प्रतिशतमै कर्जा पाउनेछन् । विद्युतीय गाडीको हकमा अधिकतम ५ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ८० प्रतिशत जुन कम हुन्छ ।

सो बराबरको कर्जा र विद्युतीय बाहेकको अन्य गाडीमा अधिकतम ८ वर्ष अवधी रहने गरी भ्याट बिल वा कोटेशन मुल्यको ५० प्रतिशत जुन कम हुन्छ, सो बराबरको कर्जा बैंकले प्रदान गर्नेछ ।

कर्जा लिन चाहने ग्राहकहरुले बैंकको आधिकारिक वेबसाइट, सामाजिक सञ्जालहरु, सम्पुर्ण शाखा कार्यालयहरु तथा पत्रपत्रिकामा रहेको क्युआर कोड स्क्यान गरेर समेत आवेदन दिन सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL