Logo

कुमारी बैंक र इसेवाबीच ऋण सुविधाबारे सम्झौता, इसेवा एजेन्टहरूलाई ‘ईजी लोन’ सेवा

कुमारी बैंक र इसेवाबीच ऋण सुविधाबारे सम्झौता, इसेवा एजेन्टहरूलाई ‘ईजी लोन’ सेवा



काठमाडौं । कुमारी बैंक लिमिटेड र इसेवाबीच सम्झौता भएको छ । इसेवाका ग्राहकहरुलाई इसेवा मोबाईल एप मार्फत ‘ईजी लोन’ सुविधा प्रदान गर्न सम्झौता भएको हो ।

कुमारी बैंकसँगको सम्झौतामा इसेवाले आफ्ना इसेवा एजेन्टहरूलाई व्यवसाय वृद्धिको लागि बिना कुनै धितो, कागजी प्रक्रिया वा लामो झन्झटरहित क्षण भरमै दुई लाख रुपैयाँसम्मको डिजिटल कर्जा सजिलै प्रदान गर्नेछ ।

पहिलो चरणमा इसेवा एजेन्टहरूलाई मात्र यो ‘ईजी लोन’ सेवा उपलब्ध गराउने भनिएकोमा भविष्यमा चाँडै सम्पूर्ण प्रयोगकर्ताहरुको लागि उपलब्ध गराईने इसेवाले जनाएको छ ।

इसेवा मार्फत लिइने ‘ईजी लोन’ सुविधामा लागुहुने थप शर्तहरुबारे इसेवाको वोबसाईट/एप मार्फत जानकारी लिन सकिने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL