Logo

कुमारी बैंकको डीसीईओमा पाण्डे नियुक्त, ३ दशक लामो बैंकिङ अनुभव

कुमारी बैंकको डीसीईओमा पाण्डे नियुक्त, ३ दशक लामो बैंकिङ अनुभव



काठमाडौं । कुमारी बैंकको नायम प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा सुधीरनाथ पाण्डे नियुक्त भएको छ । कुमारी बैंकको सञ्चालक समितिको बैठकले उनलाई डीसीइओ नियुक्त गरेको हो ।

बैंकका डीसीईओ रामचन्द्र खनाल प्रमुख कार्यकारी अधिकृत भएसँगै डीसीईओ पद खाली थियो ।

उक्त खाली पदमा पाण्डेलाई आजै (बुधबार)देखि लागू हुनेगरी डीसीईओ नियुक्त गरिएको हो । उनले कार्यभार पनि सम्हालीसकेका छन् । पाण्डेसँग साढे तीन दशकभन्दा बढीको बैंकिङ अनुभव रहेको छ ।

२०४६ सालबाट बैंकिङ सेवामा प्रवेश गरेका पाण्डेलेसँग विभिन्न बैंकहरूमा काम गरेको अनुभव छ । उनी ६ महिनाअघि एनआईसी एसिया बैंकको डीसीईओबाट बाहिरिएका थिए ।

प्रतिक्रिया दिनुहोस्