Logo

लक्ष्मीले साढे १५ करोड कमाउँदा एसवीआईले कमायो साढे ३५ करोड

लक्ष्मीले साढे १५ करोड कमाउँदा एसवीआईले कमायो साढे ३५ करोड


बिजखबर संवाददाता
0
Shares

काठमाडौंं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकले १५ करोड ६८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो कमाई गत आर्थिक बर्षको सोही अवधिको तुलनामा ४ करोड ६५ लाख रुपैयाँले बढी हो ।

बैंकले सो अवधिसम्म आईपुग्दा ५१ अर्ब ४९ करोड रुपैयाँ निक्षेप संकलन गरि ४४ अर्ब ६४ करोड रुपैयाँ लगानी गरेको छ । हाल बैंकको खरवा कर्जा अनुपात कुल कर्जा प्रवाहको १ दशमलब ६३ प्रतिशत पुगेको छ । बैंकको प्रति सेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ २ सय १० रुपैयाँ ४३ पैसा रहेको छ ।

हाल बैंकको चुक्ता पुंजी ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४४ करोड रुपैयाँ रहेको छ ।
SBI-bank-logo

यसैगरी नेपाल एसवीआई बैंकले आफ्नो नाफामा समान्य बृद्धि गर्दै ३५ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको छ । जुन नाफा गन वर्षको तुलनामा ५ करोड रुपैयाँले मात्र बढी हो ।

यस अवधिसम्म आइपुग्दा नेपाल एसबिआईले ६८ अर्ब ८९ करोड निक्षेप संकलन गरि ५२ अर्ब ३७ करोड कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्