Logo

ग्लोबल आइएमई बैंकका सीइओ रेग्मीले सम्हाले कार्यभार, बैंकलाई थप ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता

ग्लोबल आइएमई बैंकका सीइओ रेग्मीले सम्हाले कार्यभार, बैंकलाई थप ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता



काठमाडौं । नेपालको सबैभन्दा ठूलो बैंक ग्लोवल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्रराज रेग्मीले कार्यभार सम्हालेका छन् ।

एक कार्यक्रमबीच आईतवार बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले रेग्मीलाई सीइओको रुपमा स्वागत गरेका हुन् । पदभार सम्हाल्दै प्रमुख कार्यकारी अधिकृत रेग्मीले बैंकको व्यवसायिक बिस्तारसँगै निक्षेपकर्ताहरुको हीत र फाइदालाई ध्यानमा राखेर काम गर्ने बताए । साथै बैंकको डिजिटलाइजेशनलाई सरल र ग्राहकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाए ।

यस्तै बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले अनुभवी व्यक्तिले नेतृत्व गरेकाले बैंकको क्षेत्र अझै बिस्तार हुने विश्वास व्यक्त गरे । ग्लोबल बैंकमा काम गरेको अनुभव भएकाले प्रभावकारी काम सम्पादन हुने बताए ।

ग्लोबल आइएमई बैंक निक्षेपकर्ता र शाखा बिस्तारमा देशकै ठूलो बैंक मानिन्छ । ग्लोबल आइएमई बैंकको नयाँ सिईओको रुपमा नियुक्त भएका रेग्मी यसअघि नायव प्रमुख कार्यकारी अधिकृत थिए । सिइओ रेग्मीसँग बैंकिङ क्षेत्रमा ३५ वर्षको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्
MBL