Logo

प्रभु बैंक र समाज डेन्टल हस्पीटलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट

प्रभु बैंक र समाज डेन्टल हस्पीटलबीच सम्झौता, बैंकका ग्राहकलाई दन्त स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट



काठमाडौं । प्रभु बैंक र काठमाण्डौ महानगरपालिका, वडा नं ३१, बानेश्वर स्थित समाज डेन्टल हस्पीटल प्रालिबीच सम्झौताभ एको छ । प्रभु बैंकका बैंकका ग्राहक तथा कर्मचारीहरुलाई समाज डेन्टल हस्पीटलको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने गरी उक्त सम्झौता भएको हो ।

समाज डेण्टल हस्पिटल र प्रभु बैंकबीच ग्राहकहरुलाई लक्षित गरी दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बंैकका कर्मचारी र कर्मचारीका परीवारजन तथा ग्राहकहरुले क्रमशः १५% र १०% छुट, समाज डेण्टल हस्पिटलका सम्पूूर्ण शाखाहरुमा यो सेवा प्राप्त गर्न सक्नेछन् ।

उक्त सम्झौता, समाज डेण्टल हस्पिटलका निर्देशक श्रेया पाँडे र प्रभु बैंकका बागमती प्रदेश प्रमुख सुदेश कुमार देवकोटाको संयुक्त हस्ताक्षर बीच सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्