Logo

एनआईसी–एशियाले एकै पटक ७ शाखा खोल्यो, शाखा संख्या ७६ पुग्यो

एनआईसी–एशियाले एकै पटक ७ शाखा खोल्यो, शाखा संख्या ७६ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । एनआईसी एशिया बैंकले मंगलबार एकै पटक ७ शाखा बिस्तार गरेको छ । शाखा बिस्तारसँगै बैंकको कुल शाखा संख्या ७६ पुगेको छ ।

बैंकले मंगलबार देशका विभिन्न स्थानमा शाखा बिस्तार गरेको हो । नवलपरासीको दलदलेमा बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसाल आफैले शाखा उद्घाटन गरेका थिए भने अन्य स्थानमा सम्बन्धित जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षले गरेका थिए ।

नुवाकोटको बट्टारमा नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले शाखा उद्घाटन गरेका हुने भने कैलालीको अत्तरीयामा अत्तरीया उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त रोकाया, कास्कीको लेखनाथ शाखाको लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले उद्घाटन गरेका हुन् ।

यसैगरी बागलुङ शाखाको बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष जयराम भारी, कास्की बिरौटा शाखाको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखे तथा नवलपरासीको कावासोती शाखाको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश पौडेलले उद्घाटन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्