Logo

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच सम्झौता, बैंकका ग्राहकलाई उपचार सेवामा छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौं स्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच सम्झौता । कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गनगरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर– काठमाण्डौं र कौशलटार–भक्तपुर स्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस्