Logo

सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड रिसोर्टमा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई रिभरसाइड रिसोर्टमा विशेष छुट



काठमाडौं । सानिमा बैंक र रिभरसाइड स्प्रिङ्गस रिसोर्ट प्रालिबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न यो सम्झौता गरेको हो ।

सानिमा बैंकको सानिमा भिसा डेबिट/क्रेडिट कार्ड वा सानिमा मोबाइल बैंकिङ्ग एप (क्युआर स्क्यान) प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिभरसाइड स्प्रिङ्गस रिसोर्टका विभिन्न सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा समेत उपलब्ध रहेको बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL