Logo

ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात, कम्पनी सम्बन्धी कार्य गर्न सहज

ज्योति विकास बैंकद्वारा ‘डिजिटल हस्ताक्षर’ प्रयोगको सुरुवात, कम्पनी सम्बन्धी कार्य गर्न सहज



काठमाडौं । ज्योति विकास बैंकले डिजिटल हस्ताक्षर प्रयोगमा ल्याएको छ। बैंकले नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले मिति २०८१ सालको श्रावण १७ गते प्रकाशन गरेको सूचना बमोजिम यो पहलको सुरुवात गरेको हो।

बैंकले कम्पनी रजिष्ट्रारको कार्यालयसँग सम्बन्धित कार्यहरू लगायतको लागि डिजिटल हस्ताक्षरका लागि बैंकका पदाधिकारीहरुको डिजिटल हस्ताक्षर प्रयोग गर्ने गरी नेपाल सरकारबाट इजाजत प्राप्त निकाय रेडियन्ट इन्फोटेक नेपालबाट उक्त डिजिटल हस्ताक्षर लिएको हो ।

डिजिटल हस्ताक्षर प्रणाली सुचारु भए पश्चात् कम्पनी रजिष्ट्रारको कार्यालयसंग सम्बन्धित कानुनी कागजात प्रमाणीकरण तथा पत्राचार प्रक्रिया थप सुरक्षित, पारदर्शी र सहज हुनेछ। साथै भौतिक रूपमा उपस्थित भई कागजात पेश गर्नुपर्ने बाध्यता हट्नेछ। यसका साथै भविष्यमा पनि डिजिटल हस्ताक्षरको प्रयोगलाई बढाई आफ्नो कार्य प्रक्रियालाई पनि थप प्रभावकारी र सुरक्षित बनाउने उद्देश्य बैंकले बोकेको छ।

डिजिटलाइजेसन र डिजिटल बैंकिङ सेवालाई सक्रिय रुपमा प्रवर्द्धन गर्दै आएको ज्योति विकास बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने डिजिटल बैंकिङ प्लेटफर्महरूलाई थप व्यवस्थित गर्दै विभिन्न अत्याधुनिक सुविधाहरू उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया दिनुहोस्