Logo

माछापुच्छ्रे बैंक र ईक्यान-झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता

माछापुच्छ्रे बैंक र ईक्यान-झापाबीच विशेष बैंकिङ सेवा प्रदान गर्नेसम्बन्धी व्यवसायिक सम्झौता



काठमाडौं । माछापुच्छ्रे बैंक र एजुकेशनल कन्सल्टेन्सी एशोसियसन अफ नेपाल (ईक्यान–झापा)बीच विशेष बैंकिङ सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा ई—क्यान झापाको तर्फबाट अध्यक्ष रोशन सुबेदी तथा माछापुच्छ्रे बैंकको तर्फबाट सहायक महाप्रबन्धक भरत कुमार लम्सालले हस्ताक्षर गरेका छन् ।

सम्झौतापश्चात इ—क्यान,झापामा आवद्ध परामर्शदाताहरुलाई बैंकले शैक्षिक कर्जा एवं अन्य आवश्यक बैंकिङ सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराउनेछ । साथै ईक्यान–झापामा आवद्ध परामर्शदाताहरुको सिफारिसमा आउने सेवाग्राहीले सहज र सरल ढंगले शैक्षिक कर्जा प्राप्त गर्ने, स्विफ्ट पेमेन्टमार्फत विभिन्न शुल्क भुक्तानी गर्ने लगायतका पूर्ण सेवा बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले हालदेशका ७ वटै प्रदेशमा १६५ वटा शाखा कार्यालय, १२ वटा एक्सटेन्सन काउन्टर, १६७ स्थानमा शाखारहित बैंकिङ सेवा तथा २०० स्थानमा रहेका एटीएममार्फत १५ लाखभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL