Logo

ग्लोवलको नाफा ३४ प्रतिशतले बढ्दा इन्भेष्टमेन्टले बढायो ७४ प्रतिशत, सिदार्थको १०९

ग्लोवलको नाफा ३४ प्रतिशतले बढ्दा इन्भेष्टमेन्टले बढायो ७४ प्रतिशत, सिदार्थको १०९


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आजै वित्तीय विवरण सार्वजनिक गरेका बैंकहरुले आफ्नो नाफामा उल्लेख्य बृद्धि गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका सिद्धार्थ, ग्लोबल आइएमइ, नेपाल इन्भेष्टमेन्ट बैंकमध्ये सिद्धार्थले सवैभन्दा बढी नाफा आर्जन गरेको छ ।

चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकले १ सय ९ प्रतिशतले आफ्नो नाफा बढाएको छ । बैंकले सो अवधिमा ३५ करोड ९६ लाख रुपैयाँ नाफा गरेको छ । सो आवधिमा बैंकले बैकले ६२ करोड ७२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैंकको वित्तीय विवरण अनुसार हालसम्म ७० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ५९ अर्ब रुपैयाँ लगानी गरेको छ ।

यसैगरी नेपाल इन्भेष्टमेन्ट बैंकले ७४ करोड ८ लाख रुपैयाँ खुद आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ७४ शदमलव ७८ प्रतिशतले बढी हो । नेपाल इन्भेष्टमेन्ट ८ अर्ब चुक्ता पूँजी पुर्याउने पहिलो बैंक हो । बैंकले पहिलो ३ महिनामा १ अर्ब १३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको विवरणमा उल्लेख छ । बैंकले हालसम्म १ खर्ब १५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी ९४ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

यस्ते ग्लोबल आइएमइ बैंकले भने आफ्नो नाफामा ३४ दशमलव २४ प्रतिशतले नाफा बढाएको छ । पहिलो ३ महिनामा बैंकले ४२ करोड ९ं लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । सो अवधिमा बैंकले ८२ करोड ६९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ । बैंकले हालसम्म ७९ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरीे ६७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

आजै वित्तीय विवरण सार्वजनिक गर्नेमध्ये एनएमबीले सवैभन्दा बढी १ सय ४७ प्रतिशत खुद नाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्