Logo

प्रभु बैंकको नयाँ शाखा प्युठानको बिजुवारमा, शाखा संख्या ३१५ पुग्यो

प्रभु बैंकको नयाँ शाखा प्युठानको बिजुवारमा, शाखा संख्या ३१५ पुग्यो



काठमाडौं । प्रभु बैंकले आफ्नो नयाँ शाखा कार्यालय प्युठानको बिजुवारमा संचालनमा ल्याएको छ । शुक्रबार बैंकले प्युठान नगरपालिका,वडा नं.४ प्युठान स्थित बिजुवारमा आप्mनो ३१५ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको हो । जिल्ला समन्वय समिति प्रमुुख धरम बहादुर जीसीले बैंकको नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

प्रभु बैंक लि.को यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्