काठमाडौं । नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । गएको मंगलबारका दिन प्रहरी प्रधान कार्यालयमा उक्त द्वीपक्षीय सम्झौता भएको हो ।
सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमूख वित्त अधिकृत प्रकाश कूमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरेका थिए ।
सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरुमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले सहूलियत सहितको बिभिन्न सूविधा रहने तलबी खाता खोलि बैंक नियमानूसार बिनाधितो कर्जा तथा अन्य बैकिंग सूविधा पाउन सक्नेछन् ।