Logo

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैंकिङ कारोबार सम्झौता

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैंकिङ कारोबार सम्झौता



काठमाडौँ । नेपाल बैंक लिमिटेड र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाबिच बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

न कार्यालयमा भएको सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख वित्त अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक रेवती ढकालले हस्ताक्षर गरे ।

सो सम्झौता बमोजिम नेपाल प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक तथा कर्मचारीहरूले सहुलियत सहितको विभिन्न सुविधा रहने तलब खाता खोली बैंक नियमानुसार बिनाधितो कर्जा तथा अन्य बैंकिङ सुविधा पाउन सक्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्