Logo

मुक्तिनाथ विकास बैंकले आर्जन गर्याे १ अर्ब २७ करोड नाफा, खराव कर्जा बढ्यो

मुक्तिनाथ विकास बैंकले आर्जन गर्याे १ अर्ब २७ करोड नाफा, खराव कर्जा बढ्यो



काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब २७ करोड नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक बर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवभरी बैंकले उक्त नाफा आर्जन गरेको हो ।

यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २.४८ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी १.९२ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.८७ प्रतिशत र सञ्चालन मुनाफा १.५० प्रतिशत बढेको छ । बैंकको खराब कर्जा ०.९८ प्रतिशतबाट बढेर २.२६ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्