Logo

कुमारी बैंकको नाफामा छलाङ, खराब कर्जा घट्यो

कुमारी बैंकको नाफामा छलाङ, खराब कर्जा घट्यो



काठमाडौं । कुमारी बैंकले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफा ३४५.६८ प्रतिशत बढेको छ । बैंकको नाफा बढेर २ अर्ब ३० करोड ८२ लाख १२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ७९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

गत असारसम्म बैंकको खुद ब्याज आम्दानी ०.७२ प्रतिशत घटेर १० अर्ब ९८ करोड ६८ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ११ अर्ब ६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

समीक्षा अवधिमा बैंकको चुक्ता पुँजी २६ अर्ब २२ करोड रुपैयाँ र जगेडा कोष १४ अर्ब ६६ करोड रुपैयाँ रहेको छ । बैंकले गत असारसम्म निक्षेप ५.४० प्रतिशत बढाएर ३ खर्ब ३३ अर्ब रुपैयाँ र कर्जा लगानी १ प्रतिशत बढाएर २ खर्ब ७३ अर्ब रुपैयाँ गरेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ८.८ रुपैयाँ, नेटवर्थ १४१.४७ रुपैयाँ र पीई रेसियो १७.४७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा ४.९६ प्रतिशतबाट घटेर ४.९५ प्रतिशत कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL