Logo

महालक्ष्मी विकास बैंकको नाफा ४७ करोड माथि, अघिल्लो आवको तुलनामा २४.५२ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंकको नाफा ४७ करोड माथि, अघिल्लो आवको तुलनामा २४.५२ प्रतिशतले बढ्यो



काठमाडौं । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष ४७ करोड १ लाख रुपैयाँ खुन मुनाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आवमा २४.५२ प्रतिशतले आफ्नो खुद मुनाफा बढाएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३७ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद ब्याज आम्दानी सामान्य घटेपनि खुद फि तथा कमिशन आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा बढ्न पुगेको हो।

गत आर्थिक बर्ष बैंकको खुद ब्याज आम्दानी ०.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी १४.२८ प्रतिशतले बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ०.६४ प्रतिशत र सञ्चालन मुनाफा १८.६८ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.५१ प्रतिशतबाट बढेर ४.५८ प्रतिशत पुगेको छ। यद्यपि बैंकको इम्पेरमेन्ट चार्ज घटेर ३७ करोड १ लाख रुपैयाँमा सीमित भएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL