Logo

चार बैंकको लाभांस क्षमता ऋणात्मक, सबैभन्दा बढी कसको ?

चार बैंकको लाभांस क्षमता ऋणात्मक, सबैभन्दा बढी कसको ?



काठमाडौं । नेपालका ४ वाणिज्य बैंकहरुको लाभांश क्षमता ऋणात्मक अर्थात माइनसमा रहेको पाईएको छ । नेपालमा संचालित वाणिज्य बैंकहरुले गत आर्थिक बर्षको अपरिष्कृत विवरण सार्वजनिक गर्दै हिमालयन बैंक, एनआइसी एशिया, नेपाल इन्भेष्टमेन्ट मेगा र कुमारी बैंकको लाभांस क्षमता ऋणात्मक रहेको देखिएको हो ।

यस्तै वित्तीय विवरण अनुसार यस अवधिसम्म विभिन्न ६ बैंकको लाभांस क्षमता ५ प्रतिशतभन्दा तल रहेको छ । जसमध्ये सबैभन्दा कम एनएमबी बैंकको १.३ प्रतिशत लाभांस क्षमता रहेको छ । यसैगरी सिद्धार्थ बैंकको २.६ प्रतिशत, ग्लोबल आइएमई बैंकको ३.०६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.७२ प्रतिशत, माचापुच्छ्रे बैंकको ४.०१ प्रतिशत र सिटिजन्स इन्टरनेशनल बैंकको ४.३२ प्रतिशत लाभांस क्षमता रहेको छ ।

यस्तै सबैभन्दा बढी लाभांस क्षमता रहेको बैंकको पहिलो सूचीमा भने एभरेष्ट बैंक छ । यो बैंकको लाभांस क्षमता २९.८६ प्रतिशत रहेको छ । यसैगरी नबिल बैंकको १४.२६ प्रतिशत, कृषि विकास बैंकको १७.३७ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २६.५ प्रतिशत र नेपाल एसबीआई बैंकको १०.७६ प्रतिशत लाभांस क्षमता रहेको छ । सानीमा बैंकको १०.०४ प्रतिशत लाभांस छ भने अन्य बाँकी बैंकहरुको लाभांस क्षमता १० प्रतिशतभन्दा तलै छ ।

प्रतिक्रिया दिनुहोस्
MBL