Logo

एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब १५ करोड, १० बैंकको नाफा बढ्दा १० को घट्यो (सूचीसहित)

एक वर्षमा वाणिज्य बैंकहरुले कमाए ६४ अर्ब १५ करोड, १० बैंकको नाफा बढ्दा १० को घट्यो (सूचीसहित)



काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०८०/८१ मा ६४ अर्ब १५ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । बैंकहरुले हालसम्म सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार उक्त नाफा आर्जन गरेका हुन् । वाणिज्य बैंकहरुले गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफामा १३.४० प्रतिशतले वृद्धि गरेका छन् । जबकि वाणिज्य बैंकहरुले आघिल्लो आर्थिक वर्षमा ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।

सो अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक अग्रस्थानमा छ । नबिल बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा आफ्नो नाफामा १०.२३ प्रतिशतले सुधार गर्दै ७ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यसैगरी दोस्रोमा ग्लोबल आइएमई बैंकले सबैभन्दा बढी ६ अर्ब १ करोड ६२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

तर अघिल्लो आर्थिक वर्षको तुलनामा भने प्रभु बैंकले आफ्नो नाफामा उल्लेखनीय सुधार गरेको छ । सो बैंकले आफ्नो नाफामा १४९९.०४ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ४८ करोड ८ लाख रुपैयाँ कमाएको छ ।

यसैगरी नाफा वृद्धिदरका हिसाबले कुमारी बैंक दोस्रो स्थानमा रहेको छ । अघिल्लो वर्षको तुलनामा कुमारी बैंकले नाफा ३४५.६७ प्रतिशतले बढाउँदै २ अर्ब ३० करोड ८२ लाख रुपैयाँ कमाएको छ भने नाफा वृद्धिदरमा प्राईम कमर्सियल बैंक तेस्रो स्थानमा रहँदै २६७.१९ प्रतिशतले वृद्धि गरी ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्