Logo

कृषि विकास बैंकको नाफा १७६ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ६६ करोड बढी

कृषि विकास बैंकको नाफा १७६ प्रतिशतले बढ्यो, वितरणयोग्य नाफा २ अर्ब ६६ करोड बढी



काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्ष ३ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

अघिल्लो आवको तुलनामा अहिले बैंकको नाफा १७६ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष व्यवसायमा केही सुस्त बनेको कृृषि विकास बैंक गत आर्थिक वर्षमा भने व्यवसायमा आक्रामक बनेर वित्तीय सूचकहरुमा उछाल ल्याएको हो ।

समीक्षा अवधिमा बैंकको २ अर्ब ६६ करोड बढी वितरणयोग्य नाफा रहेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा ११४.१९ प्रतिशतको बढोत्तरी हो । यस्तै, बैंकको बैंकको प्रतिसेयर आम्दानी २४.७५ रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकको ७.४२ रुपैयाँ थियो ।

बैंकको सञ्चालन नाफा ५ अर्ब २९ करोड रुपैयाँ बढी छ । यस्तै, बैंकको निक्षेप संकलन २ खर्ब ४३ अर्ब ५८ करोड पुगेको छ । यो भनेको अघिल्लो वर्षको तुलनामा २२ प्रतिशतले बढी हो ।

बैंकले २ खर्ब १ अर्ब ७६ करोड बढी कर्जा प्रवाह गरेको छ । यो अघिल्लो वर्षको तुलनामा झण्डै १३ प्रतिशत बढी हो । बैंकको खराब कर्जा अनुपात ३.४४ प्रतिशत पुगेको छ ।अघिल्लो वर्ष बैंकको खराब कर्जा २.७८ प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL