Logo

सिद्धार्थ बैंकले कमायो ३ अर्ब बढी खुद नाफा, यस्ता छन् अन्य सूचक

सिद्धार्थ बैंकले कमायो ३ अर्ब बढी खुद नाफा, यस्ता छन् अन्य सूचक



काठमाडौं । सिद्धार्थ बैंकको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ। गत वर्षको अन्तिम त्रैमाससम्ममा बैंकले ३ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खराब कर्जा पनि ०.२१ प्रतिशतले बढेर २.२२ प्रतिशत पुगेको छ। बैंकको इम्पेरमेन्ट चार्ज(खराब कर्जा प्रोभिजन) १ अर्ब २३ करोड पुगेको छ।

बैंकको चुक्तmापुँजी १४ अर्ब ८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५७ करोड रुपैयाँ छ। यो अवधिमा बैंकको निक्षेप ७.९० प्रतिशत बढेको छ भने कर्जा ६.१५ प्रतिशत बढेको छ।

बैंकको खुद ब्याज आम्दानी २.३३ प्रतिशत, कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत र सञ्चालन मुनाफा ६.१० प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३।४३ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL