Logo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ५ अर्ब १९ करोड नाफा, खराब कर्जा घटयो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कमायो ५ अर्ब १९ करोड नाफा, खराब कर्जा घटयो



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा नाफा बढाएको छ । बैंकले आज प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरणमा अघिल्लो आर्थिक वर्षभन्दा ३९.७१ प्रतिशतले खुद नाफामा वृद्धि गरेको देखाएको हो ।

बैंक गत आर्थिक वर्षमा ५ अर्ब १९ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २७ अर्ब १३ करोड रुपैयाँ छ। यो अवधिमा बैंककोे खराब कर्जामा पनि ०.४५ प्रतिशतले घटाएर १.२१ प्रतिशतमा झारेको छ । यो अवधिमा बैंकको निक्षेप १३.८३ प्रतिशत बढेको छ भने कर्जा १.५४ प्रतिशत मात्र बढेको छ।

बैंकको खुद ब्याज आम्दानी २२.०२ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी ११.१७ प्रतिशत कुल सञ्चालन आम्दानी १९.६५ प्रतिशत र सञ्चालन मुनाफा २१.६२ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL