काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा ३ अर्ब ७७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा २६७.१९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।
गत असारसम्म बैंकको खुद ब्याज आम्दानी १२.१६ प्रतिशत बढेर ८ अर्ब ९१ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ७ अर्ब १४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
बैंकको सञ्चालन मुनाफा १७७.३१ प्रतिशत बढेर ५ अर्ब ६९ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले २ अर्ब ५ करोड रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य नाफा भने १ अर्ब १९ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिसेयर आम्दानी ६ रुपैयाँ १८ पैसा रहेको छ।
अघिल्लो वर्ष ४.८५ प्रतिशत रहेको खराब कर्जा समीक्षा अवधिमा घटेर ४.६७ प्रतिशतमा झरेको छ । चुक्ता पुँजी १९ अर्ब ४० करोड रुपैयाँ बैंकको जगेडा कोषमा ११ अर्ब ५२ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकले २ खर्ब ११ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ८१ अर्ब ५१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।