Logo

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढ्यो, अधिकांश सूचक सकारात्मक

लक्ष्मी सनराइज बैंकको नाफा ३२.७९ प्रतिशतले बढ्यो, अधिकांश सूचक सकारात्मक



काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ३२.७९ प्रतिशत बढी हो ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब २८ करोड रुपैयाँ खुद नाफा गरेको थियो । चौथो त्रैमाससम्म नाफासहित अन्य सूचकमा पनि प्रगति गरेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०३.९७ प्रतिशत बढेर ११ अर्ब ५९ करोड रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

सञ्चालन मुनाफा ३५.९९ प्रतिशत बढेर ४ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ।अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ सञ्चालन मुनाफा कमाएको थियो ।

बैंकको खुद फि तथा कमिशन आम्दानी ९४.६६ प्रतिशत बढेर १ अर्ब ९१ करोड रुपैयाँ भने कुल सञ्चालन आम्दानी ९०.५० प्रतिशत बढेर १४ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । गत वर्ष बैंकको वितरणयोग्य नाफा भने १ अर्ब २८ करोड रुपैयाँ रहेको छ । त्यस्तै बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५५ पैसा रहेको छ।

अघिल्लो वर्ष २.९१ प्रतिशत रहेको खराब कर्जा गत वर्ष बढेर बैंकको खराब कर्जा ४.७२ प्रतिशत पुगेको छ । नाफासँगै बैंकको प्रतिसेयर आम्दानी २.५४ रुपैयाँ बढेर १३.०९ रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५.८० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३.३७ गुणा रहेको छ ।

बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ र जगेडा कोष ६.१७ प्रतिशत बढेर १७ अर्ब ५७ करोड रुपैयाँ सञ्चित छ । गत वर्ष बैंकले ३ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ५० अर्ब ३६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL