Logo

एनआईसी एशिया बैंकको आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ, निक्षेप १३.८६ प्रतिशतले बढ्यो

एनआईसी एशिया बैंकको आम्दानी १ अर्ब ३८ करोड रुपैयाँ, निक्षेप १३.८६ प्रतिशतले बढ्यो



काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा १ अर्ब ३८ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८.९१ घटेको देखिएको छ।

अघिल्लो आर्थिक वर्षमा बैंकले ४ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको इम्पेरमेन्ट चार्ज २ अर्ब ८४ करोड पुगेको छ। बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड रुपैयाँ छ भने जगेडा कोषमा १५ अर्ब २५ करोड रुपैयाँ सञ्चित छ। बैंकको निक्षेप १३.८६ प्रतिशत बढेको छ ।

बैंकको खुद ब्याज आम्दानी १३.३९ प्रतिशत, खुद फि तथा कमिशन आम्दानी १३.८८ प्रतिशत घटेको आज प्रकाशित वित्तीय विवरणमा उल्लेख छ। बैंकको कुल सञ्चालन आम्दानी १२.३६ प्रतिशत र सञ्चालन मुनाफा ५३.८३ प्रतिशत घटेको छ। यो अवधिमा बैंकको खराब कर्जा ०.११ प्रतिशतबाट बढेर १.७४ प्रतिशत पुगेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL