Logo

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक

माछापुच्छ्रे बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ, यस्ता छन् अन्य सूचक



काठमाडौं । माछापुच्छ्रे बैंकले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको छ । खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत घटेको छ । बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशत घटेको छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

११ अर्ब ६२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप २.४४ प्रतिशत बढेको छ भने कर्जा ०.७७ प्रतिशत मात्र बढेको छ ।

प्रतिक्रिया दिनुहोस्