Logo

नविल बैंकले कमायो ७ अर्ब ६ करोड नाफा, वितरणयोग्य मुनाफा तीन अर्ब ८५ करोड

नविल बैंकले कमायो ७ अर्ब ६ करोड नाफा, वितरणयोग्य मुनाफा तीन अर्ब ८५ करोड



काठमाडौं । नबिल बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको नाफामा १०.२३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

बैंकको चुक्तापुँजी २७ अर्ब ५ करोड रुपैयाँ हरेको छ भने जगेडा कोषमा ३२ अर्ब ५१ करोड रुपैयाँ छ। बैंकले १६.४४ प्रतिशत निक्षेप बढाएको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ। बैंकको प्रोजिन शुल्क ३ अर्ब २२ करोड भएको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशत र कुल सञ्चालन आम्दानी ६.०२ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी १२.०४ प्रतिशत बढेको छ। बैंकले यो अवधिमा सञ्चालन मुनाफा ६.५१ प्रतिशत बढाएको छ भने बैंकको खराब कर्जा १.१८ प्रतिशतबाट घटेर १.०७ प्रतिशत झरेको छ।

असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ २२० रुपियाँ १६ पैसा र मूल्य आम्दानी अनुपात २०.०८ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने तीन अर्ब ८५ करोड रुपियाँ रहेको छ।

जगेडा कोषमा साढे ३२ अर्बभन्दा बढी रकम रहेको नविलको चुक्ता पुँजी २७ अर्ब पाँच करोड रुपियाँ छ । बैंकको निक्षेप गत आवमा १६.४४ प्रतिशत बढेको छ भने कर्जा १२.९४ प्रतिशत बढेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL