Logo

प्रभु बैंकको नाफामा छलाङ, कमायो चार अर्ब ४८ करोड नाफा

प्रभु बैंकको नाफामा छलाङ, कमायो चार अर्ब ४८ करोड नाफा



काठमाडौं । प्रभु बैंकको खुद नाफा उल्लेख्य मात्रामा बढेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमास अर्थात् असार मसान्तसम्ममा बैंकले ४ अर्ब ४८ करोड रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १४९९.०४ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आवमा खुद नाफा २८ करोड कमाएको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १९.४३ प्रतिशतले बढेको छ भने खुद फी तथा कमिसन आम्दानी १९।९६ प्रतिशत र कुल सञ्चालन आम्दानी २०.६७ प्रतिशतले बढेको छ।

असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १७।८४ पैसा बढेको छ भने वितरणयोग्य मुनाफा १ अर्ब २२ करोड रुपियाँ रहेको छ।

२३ अर्ब ५४ करोड रुपियाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १२ अर्ब ८९ करोड रुपियाँ सञ्चित छ । समीक्षा अवधिमा बैंकको निक्षेप ५.५१ प्रतिशतले बढेको छ भने कर्जा ३.८३ प्रतिशत घटेको छ वित्तीय विवरणमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL