Logo

४.५१% ले घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, यस्ता छन् अन्य सूचक

४.५१% ले घट्यो स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा, यस्ता छन् अन्य सूचक



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो अन्तिम त्रैमाससम्मसम्ममा ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको गत आर्थिक वर्षमा नाफा ४.५१ प्रतिशत घटेको छ ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। सञ्चालन आम्दानी ७.५३ प्रतिशतले घटेपछि बैंकको नाफा घटेको हो ।

बैंकको खुद ब्याज आम्दानी १३.४६ प्रतिशत घटेको छ बैंकले जारी गरेको वित्तीय विवरणमा उल्लेख छ । त्यस्तै, बैंकको फि तथा कमिशन आम्दानी १०.२७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको सञ्चालन मुनाफा ४.५३ प्रतिशत घटेको छ।

बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २६ रुपैयाँ ५० पैसा रहेको छ। ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब १३ करोड २ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
MBL